२०८१ कात्तिक २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविपीमा आन्दोलन, हड्ताल र तालाबन्दी नगर्न उच्च अदालतको आदेश

विपीमा आन्दोलन, हड्ताल र तालाबन्दी नगर्न उच्च अदालतको आदेश


काठमाडौं–उच्च अदालत विराटनगरले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन, हड्ताल तथा तालाबन्दीजस्ता कार्यहरु नगर्न गराउन अन्तरिम आदेश जारी गरेको छ । बिहीवार उच्च अदालचका न्यायाधीस श्रीधरकुमारी पुडासैनीको एकल इजलासले सो आदेश दिएको हो ।

आदेशमा स्वास्थ्य संस्थामा बन्द हड्ताल, तालाबन्दी हुँदा जनताको स्वास्थ्य अधिकार हनन हुने भन्दै तत्काल तालाबन्दी खोल्नसमेत भनिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरी, विपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठान, धरानका मेयर हर्क साम्पाङ, शिक्षण कल्याणकारी परिषद, कर्मचारी कल्याणकारी परिषद् र धरान उपमहानगरपालिकाका नाममा उच्च अदालतले आदेश जारी गरेको हो ।

प्रतिष्ठानमा कर्मचारीहरुको बढुवा प्रक्रियाको विषयलाई लिएर पछिल्लो समय दुई हप्तादेखि विपीमा आन्दोलन चलिरहेको छ । धरानका मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा ताला लगाएका छन् ।

त्यसैगरी, शिक्षक कल्याण परिषद् र कर्मचारी कल्याणकारी परिषद्ले इमर्जेन्सी, आईसीयु र इनप्यासेन्ट बाहेकका सबै सेवाहरु बन्द गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ