२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रदेश लोक सेवा आयोग बागमतीद्वारा १८० स्टाफ नर्स, ६४ एचएसहित ३७९ स्वास्थ्यकर्मी माग

प्रदेश लोक सेवा आयोग बागमतीद्वारा १८० स्टाफ नर्स, ६४ एचएसहित ३७९ स्वास्थ्यकर्मी माग

स्वास्थ्य सेवा, अप्राविधिक र प्राविधिक गरी पाँचौ तहको १११३ जनशक्ति माग


काठमाडौं—प्रदेश लोक सेवा आयोग बागमतीले ठूलो संख्यामा पाँचौं तहको स्थायी कर्मचारीका लागि आवेदन माग गरेको छ । सोमबार बागमती प्रदेशको प्रदेश लोक सेवा आयोगले विज्ञान प्रकाशित गर्दै स्वास्थ्य सेवामा मात्रै ३ सय ७९ जना पाँचौं तहका स्वास्थ्यकर्मी माग गरेको छ ।

प्रदेश लोक सेवाले पाँचौ तहको स्टाफ नर्स १ सय ८० सिटका लागि आवेदन खोलेको छ । यसैगरी, हेल्थ असिस्टेन्ट ६४ सिट, रेडियोग्राफर ३३ सिट, ल्याब टेक्नीसियन २९ सिट, फार्मेसी सहायक २७ सिटका लागि लोक सेवाले आवेदन माग गरेको हो ।

आयुर्वेद कविराज १ जना, प.हे.नर्स ९ जना, डेन्टल हाइजिनिष्ट ९ जना, मेडिकल रेकर्डर सुपरभाइजर ८ जना, बायोमेडिकल इन्जिनियर/टेक्नीसियन ९ जना, एनेस्थेटिक सहायक ९ जना र स्वास्थ्य शिक्षा टेक्नीसियन १ पदका लागि पनि आवेदन माग गरिएको छ ।

बागमती प्रदेशको प्रदेश लोक सेवाले पाँचौ तहको स्वास्थ्य सेवासहित अन्य अप्राविधिक र प्राविधिक पदमा गरी १ हजार १ सय १३ जनशक्तिका लागि आवेदन माग गरेको हो । बागमती प्रदेश र स्थानीय तहका विभिन्न सेवा समूहका लागि गरिएको उक्त विज्ञापन समावेसी र खुल्लातर्फका लागि खुलाइएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ