२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१७ बुँदे माग राख्दैं आईओएम डिन कार्यलयमा स्ववियुले लगायो ताला

१७ बुँदे माग राख्दैं आईओएम डिन कार्यलयमा स्ववियुले लगायो ताला


काठमाडौं—त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) डिन कार्यलयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले तालाबन्दी गरेको छ । बुधबार १७ बुँदे माग राख्दैं स्ववियुले डिन कार्यलयमा तालाबन्दी गरेको स्ववियुका उपाध्यक्ष लव रावलले जानकारी दिए ।

‘हामीले विभिन्न मागका सम्बन्धमा छलफल गर्न समय मागेका थियौं । डिनले समय दिनुभएन, माग लिएर स्ववियु पदाधिकारीलाई गेटबाटै फर्काउने काम भयो,’ उपाध्यक्ष रावलले भने, ‘हाम्रा जायज मागलाई नजरअन्दाज गर्ने काम भएकाले तालाबन्दी गरिएको हो ।’ आईओएमकी डिन प्रा.डा. दिव्या सिंह शाहले आफूहरुको माग नजरअन्दाज गरेको आरोप स्ववियुको छ ।

स्ववियुले १७ बुँदे माग राखेर डिन कार्यलयमा तालाबन्दी गरेको हो । उसले युजी तथा पिजीका विद्यार्थीहरुका लागि उचित अनुपातका आधारमा ३ सय बेडको बैकिल्पक होस्टेलको व्यवस्था गर्न माग गरेको छ ।

यसैगरी, चिकित्सा क्याम्पसको पुस्तकालय ६ महिनादेखि बिदाको दिन बन्द हुने गरेको भन्दैं उसले पुस्तकालय हरेक दिन २४ सैं घण्टा खुला गर्न, बिडिएका लागि पूर्वाधार बनाउनुपर्ने, विद्यार्थीले उपचार गरेका बिरामीलाई ७५ प्रतिशत छुट दिनुपर्ने, एमबीबीएस दोस्रो वर्षपछि ४ महिना त्यतिकै खेर गइरहेकाले पाठ्यक्रम संशोधन गरेर त्यसलाई सम्बोधन गर्नुपर्ने माग गरेको छ ।

स्ववियुले पिजीका विद्यार्थीहरुले अल्टरनेटिभ दिनमा ड्युटी गर्नुपर्ने नियमलाई फिर्ता गरेर शारीरिक र मानसिक स्वास्थ्यलाई ख्याल गर्दै वैज्ञानिक तरिकाले ड्युटी रिसेड्युल गर्नुपर्ने, फार्मेसी पढ्ने विद्यार्थीहरुको ल्याब ब्वाईको संख्या २ जना रहेकोमा संख्या थप गर्नुपर्ने र फार्मेसी उपकरण तथा सामाग्रीको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेको छ ।

स्ववियुका सभापति आनन्दकुमार सिंह र सचिव विपना कँडेलले जारी गरेको विज्ञप्तीमा आफ्नामा मागहरु पूरा नभएसम्म तालाबन्दी जारी रहने जनाएको छ ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ