२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधि उत्पादनका लागि गृहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रधानमन्त्रीको निर्देशन

औषधि उत्पादनका लागि गृहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रधानमन्त्रीको निर्देशन

सरकारले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा देखिएको चुनौती सम्बोधन गर्ने


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएका छन् । सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ९ औं सभालाई सम्बोधन गर्दै दाहालले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्नेमा जोड दिए ।

‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ,’ दाहालले भने, ‘तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।’

साधन स्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे ।

‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्,’ उनले भने, ‘जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ । आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।’

चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, ‘तपाईंहरूका मागहरू क्रमसः सम्बोधन गर्दै जाने विश्वाससमेत दिलाउँछु ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ