२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षा ऐन परिमार्जन गरेर मुलुकलाई मेडिकल शिक्षाको हबको रुपमा विकास गर्छौै : स्वास्थ्यमन्त्री

चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर मुलुकलाई मेडिकल शिक्षाको हबको रुपमा विकास गर्छौै : स्वास्थ्यमन्त्री

गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐनलाई परिमार्जन गरेर मुलुकलाई मेडिकल शिक्षाको हबका रुपमा विकास गरिने बताएका छन् ।

सोमबार शहीद गंगालाल हृदय केन्द्रको २८ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले विद्यमान चिकित्सा शिक्षा ऐनकै कारण अहिले कयौं विद्यार्थी चिकित्सा शिक्षा अध्ययनकै लागि विदेश जानु परेको दावी गरे । उनले चाडै सरकारले चिकित्सा शिक्षा ऐन परिवर्तन गर्ने बताए ।

मन्त्री बस्नेतले शहीद गंगालाल हृदय केन्द्रलाई छिट्टै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए। ‘गंगालाल हृदय केन्द्रलाई प्रतिष्ठानको रुपमा अगाडि बढाए मात्र भविश्यमा हुन सक्ने जनशक्ति अभावको समस्या समाधान गर्न सकिन्छ भन्ने ठानेर नै सरकारले प्राथमिकतामा राखेर अगाडि प्रतिष्ठान बनाउने काम अगाडि बढेको छ,’ उनले भने । गंगालाल हृदय केन्द्रले मुटु रोगको उपचारका क्षेत्रमा देशमा मात्र नभएर दक्षिण एसियामै आफूलाई अब्बल सावित गरिसकेको बताउँदै उनले देशका अरु अस्पतालहरुले पनि गंगालालबाट सिक्नुपर्ने बताए ।

कार्यक्रममा शहीद गंगालाल हृदय केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले केन्द्रले गत वर्ष मात्र एक हजार ८ सय ३८ जनाको मुटुको शल्यक्रिया गरेको जानकारी दिदैं सरकारले प्रतिष्ठान नबनाए भविष्यमा कार्डियाक सर्जनको अभाव हुने बताए । उनले विगत ७ वर्षदेखि कार्डियाक सर्जरी विधामा कोही भर्ना हुन नआएको बताउँदै त्यो अवस्था अन्त गर्नका लागि प्रतिष्ठान बनाउनु आवश्यक रहेको औल्याए ।

कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालालले आत्मनिर्भर भएर उदाहरणीय अस्पतालको रुपमा आफूलाई उभ्याएको र अन्य अस्पतालहरुले पनि पाठ सिक्नु पर्ने बताए ।

सो अवसरमा केन्द्रमा रहेर २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो । वि. सं २०५२ सालमा ९ शैय्याबाट सुरु भएको गंगालाल हृदय केन्द्र अहिले ३ सय शैय्यामा सञ्चालित छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ