२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमोरङका २ जना स्वास्थ्य विमा बोर्डको सदस्य नियुक्त

मोरङका २ जना स्वास्थ्य विमा बोर्डको सदस्य नियुक्त


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विमा बोर्डमा दुई जना सदस्य नियुक्त गरेको छ । १४ माघमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय  निर्णय गर्दै  बोर्डमा २ जना सदस्य नियुक्त गरेका हुन् ।

मन्त्री बस्नेतले मोरङको विराटनगरका निजन उपाध्याय र मोरङकै रामघाटका राजकुमार पोमु लिम्बुलाई बिमा बोर्डको सदस्यमा नियुक्त गरेका हुन् । उनीहरुको. कार्यकाल ४ वर्षको हुनेछ ।

गत असोजमा स्वास्थ्य विमा बोर्डका ५ जना सदस्यले राजीनामा दिएपछि बोर्डको सदस्य पद रिक्त रहेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ