२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत पास

नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत पास


काठमाडौं—नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५६.६८ प्रतिशत पास भएका छन् । शुक्रबार काउन्सिलले प्रकाशित गरेको १६ देखि १९ माघसम्म लिएको लाइसेन्स परीक्षाको नतिजाअनुसार ५६.६८ प्रतिशत पास भएका हुन् ।

एमबीबीएसतर्फ १ हजार ७ सय ५७ जना विद्यार्थीले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ७ सय ३७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ सय ७२ जना पास भएका छन् । जुन ५५.९६ प्रतिशत हो ।

लाइसेन्स परीक्षामा एमबीबीएसतर्फका ७ सय ६५ जना परीक्षार्थी फेल भएका छन् । यस्तै, ४ जना परीक्षार्थीको रिजल्ट भने वीथ होल्डमा राखिएको काउन्सिलले जनाएको छ ।

बिडिएसतर्फ २ सय ८५ जनाले परीक्षा दिएकामा १ सय ७४ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । जुन ६१.०५ प्रतिशत हो ।

यसैगरी, बिडिएसतर्फ १ सय ११ जना लाइसेन्स परीक्षामा फेल भएका छन् भने ६ जना अनुपस्थित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ