गृहपृष्ठ ∕ समाचार ∕ नेपाल क्यान्सर अस्पतालमा विश्व क्यान्सर दिवस मनाइयो नेपाल क्यान्सर अस्पतालमा विश्व क्यान्सर दिवस मनाइयो हेल्थ आवाज शुक्रबार, २०८० माघ १९ गते, १६:०९ मा प्रकाशित ललितपुर—नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले विश्व क्यान्सर दिवसको उपलक्ष्यमा कार्यक्रम आयोजना गरेको छ । शुक्रबार अस्पतालमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका अध्यक्षसमेत रहेका सिनियर कन्सल्टेन्ट अंकोलोजिष्ट डा. सुदिप श्रेष्ठले क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको बताए । राज्यले क्यान्सर रोकथामको लागि विशेष कार्यक्रम अघि सानुपर्ने औल्याउदैं उनले भोलिका दिनमा भयावह अवस्था आउन नदिन सबैले बेलैमा सोच्नुपर्ने बताए । त्यसैगरी, क्यान्सर शल्यचिकित्सक डा. कपेन्द्र शेखर अमात्यले नेपाल क्यान्सर अस्पतालमा एक वर्षमा चार हजारभन्दा बढी बिरामीको शल्यक्रिया भएको जानकारी दिएका थिए । यस्तै डा. सरोज चटौतले अस्पतालमा रहेको रेडियोलोजी प्रविधि नेपालकै उत्कृष्ठ भएको बताए । डा. मुरारीमान श्रेष्ठले नेपाल क्यान्सर अस्पतालले उपचारात्मक सेवा मात्र नभएर प्रवर्द्धनात्मक सेवा पनि दिइरहेको जानकारी दिए । उनले देशका विभिन्न स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नका साथै क्यान्सर स्क्रिनिङ कार्यक्रमसमेत गरिरहेको बताए । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल गौतमले नेपाल क्यान्सर अस्पताल देशकै नमुना अस्पताल भएको बताउँदैं अस्पतालमा टिम वर्ककै कारण उत्कृष्ट सेवा दिन सफल भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार डेङ्गी सङ्क्रमण भयावह बन्दै, दुई हप्तामै ६ हजार नयाँ सङ्क्रमित थपिए अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै