२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतीन वर्षमा ३०० विद्यार्थी पनि नर्सिङ पढ्न बाहिर गएका छैनन् : सांसद थापा

तीन वर्षमा ३०० विद्यार्थी पनि नर्सिङ पढ्न बाहिर गएका छैनन् : सांसद थापा


काठमाडौं—नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले पछिल्ला तीन वर्षमा तीन सय विद्यार्थी पनि नर्सिङ पढ्न बाहिर नगएको बताएका छन् । बुधबार संसदमा बोल्दैं थापाले पछिल्लो समय हजारौं विद्यार्थी पढ्न गएको भनेर आफू आतंकित भएको र अरुलाई पनि आतंकित पारिरहेको बताए ।

उनले मिथ्यांकको सहारा लिएर यस्तो प्रचार भइरहेको दावी गरे । ‘हुनत कहिलेकाही हामीहरु मिथ्यांकको सहारा पनि लिन्छौं । नेपालमा चिकित्सा शिक्षालगायतका कतिपय विषयहरुका सन्दर्भमा भ्रामक धारणाहरु बनाएर राखेका छौं,’ उनले भने ।

थापाले सीमा क्षेत्रमा दर्जनौं नर्सिङ कलेजको खुलेको भनेर भ्रम फैलाइएको समेत उल्लेख गरे । ‘नेपालका वरिपरी सीमाना क्षेत्रमा दर्जनौं नर्सिङ कलेजहरु खुलेका छन् । त्यहाँ हजारौं विद्यार्थीहरु पढ्न गएका छन् भनेर कहिलेकाही आफै आतंकित हुन्छौं अरुलाई आतंकित बनाउँछौं,’ उनले भने, ‘सरकारी तथ्यांकले भन्छ गएको तीन वर्षमा नर्सिङ पढ्नका तीन सय विद्यार्थी पनि बाहिर गएका छैनन् ।’

सांसद थापाले अरु विषय पढ्न क्यानडा, अष्ट्रेलिया र युरोपमा थुप्रै विद्यार्थीहरु भने गएको बताए । तीमध्ये पनि सबै पढ्न भनेर नगएको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ