२०८० फागुन १६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएनएचआरसीको निमित्त सदस्य सचिव डा. जोशीलाई दिने तयारी

एनएचआरसीको निमित्त सदस्य सचिव डा. जोशीलाई दिने तयारी


काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषदको निमित्त सदस्यसचिवको जिम्मेवारी डा. प्रमोद जोशीलाई दिने तयारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार तत्काललाई अर्को व्यवस्था नभएसम्मको लागि डा. जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिन लागिएको हो ।

‘अर्को व्यवस्था नभएसम्मका लागि कार्यलय संचालनको जिम्मासहित उहाँलाई जिम्मेवारी दिने तयारी भएको हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले भन्यो ।

गेटा मेडिकल कलेज अस्पताल गेटाका निमित्त निर्देशक रहेका डा. जोशी नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्षसमेत हुन् । यसअघि उनी राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेण्डेन्ट रहेका थिए ।

डा. जोशी नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् ।

२६ माघमा निवर्तमान सदस्य सचिव डा. प्रदीप ज्ञवालीको ४ वर्षे कार्यकाल सकिएसँगै परिषदको सदस्य सचिवको पद खाली रहेको छ । परिषदको सदस्य सचिव कार्यकारी प्रमुख रहने व्यवस्था रहेको छ ।

सदस्य सचिवको नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ