२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारशहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रियसभाबाट पारित

हामीले आधा बाटो पार गर्‍यौं : पूर्व सांसद भट्ट


काठमाडौं—सुदूरपश्चिममा चिकित्सा शिक्षा विकासका लागि कोशेढुंगा मानिएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसदको माथिल्लो सदन राष्ट्रियसभाबाट पारित भएको छ । सोमबार राष्ट्रियसभाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०  सर्वसम्मत रुपमा  पारित गरेको हो ।

अब विधेयकमाथि प्रतिनिधीसभा र विषयत समितिहरुमा छलफल हुनेछ । ‘अब हामीले आधा बाटो पार गर्‍यौं,’ गेटालाई स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन सक्रिय रहेका पूर्व सांसद दीपकप्रकाश भट्टले भने, ‘अब प्रतिनिधीसभामा छलफल हुन्छ । विधेयकमाथि केही संशोधनहरु पर्लान् । समितिमा छलफल होला ।’ उनले संसदीय प्रक्रियामा प्रवेश गरिसकेकाले विश्वविद्यालय बनाउने यात्रामा आधा बाटोमा पुगेको टिप्पणी गरे ।

प्रतिनिधीसभाबाट पनि यो विधेयक केही संशोधन भएर पास हुने लगभग निश्चित छ । किनभने, राष्ट्रियसभामै रहेका दलहरुको प्रतिनिधित्व प्रतिनिधीसभामा समेत छ ।

कानुन अभावमा भौतिक संरचना निर्माण भएको लामो समय बितिसक्दा पनि गेटामा चिकित्सा शिक्षा अध्ययन/अध्यापन गराउने प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

सांसद भट्टले प्रतिनिधीसभा विधेयकमाथि छलफल हुँदा बाँकी रहेको भौतिक संरचना निर्माणका लागि बजेटको ब्यवस्था गरी सञ्चालन समिति बनाउने, ३ सय शैय्याको अस्पताल सञ्चालन गरेर आगामी सत्रबाट एमबीबीएस र अर्को वर्ष थप ३ सयसहित ६ सय शैय्याको अस्पताल सञ्चालन गरेर एमडी/एमएसलगायतका विशेषज्ञता अध्यापन गराउने र सेती, महाकाली र टीकापुरलाई स्तरोन्नति गरी आँउदो शैक्षिक सत्रबाट शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको आंगिक मेडिकल कलेज बनाएर ब्याचलर अफ नर्सिङ, ब्याचलर अफ फार्मेसी र ब्याचलर अफ फिजियो थेरापी पढाउने व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशमा वि.सं. ०५६ मा मेडिकल कलेज सञ्चालन गर्ने पहल सुरु भएको थियो । काँचीकामाकोठी पीठका जगतगुरु शंकराचार्यको संरक्षकत्व र लगानीमा वि.सं. ०५६ मा यसै ठाउँमा स्वास्थ्य आयुर्विज्ञान प्रतिष्ठान बनाउने पहल गरिएको थियो । तर, पछि त्यही ठाउँमा प्रस्तावित गेटा मेडिकल कलेजका रुपमा अगाडि बढाइएको थियो । उत्कृष्ट भौतिक संरचना र प्रादेशिक केन्द्रमा रहेका कारण पछि यसलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढाइएको हो ।

राष्ट्रियसभाबाट पास भएको विधेयक


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ