२०८१ असोज २४, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजनस्वास्थ्यका पायोनियर प्राध्यापक डा. ऋतुप्रसाद गडतौलाको निधन

जनस्वास्थ्यका पायोनियर प्राध्यापक डा. ऋतुप्रसाद गडतौलाको निधन


काठमाडौं—नेपालको जनस्वास्थ्य विषयमा पायोनियर प्राध्यापक डा. ऋतुप्रसाद गडतौलाको निधन भएको छ । शुक्रबार विहान १ बजे उपचारका क्रममा ७२ वर्षको उमेरमा त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो ।

उनका छोरा क्षितिज गडतौलाकाअनुसार उनी स्ट्रोक भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका थिए ।

नेपालमा मेडिकल एन्थ्रोपोलोजीका पहिलो पिएचडी डा. गडतौलाले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा लामो समय अध्यापन गराएका थिए ।

‘३०—३२ वर्ष उहाँले आईओएममा बीपीएच, एमपीएचको शिक्षक भएर अध्यापन गराउनुभयो,’ उनका विद्यार्थीसमेत रहेका स्वास्थ्य मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ रहेका महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘उहाँले मलाई वि.संं २०४३ सालमा पढाउनुभएको हो ।’

श्रेष्ठकाअनुसार डा. गडतौडा केही वर्षअघि त्रिविको प्राध्यापकबाट रिटायर्ड भएका छन् । ‘जनस्वास्थ्य पढाउने पहिलो पायोनियर शिक्षक हुनुहुन्छ,’ उनले स्मरण गरे, ‘उहाँ मेडिकल सोसोलोजी अध्यापन गराउने एक्लो प्राध्यापक हुनुहुन्थ्यो ।’

डा. गडतौलाले मेडिकल एन्थ्रोलोजीमा कलकत्ताबाट पिएचडी गरेका थिए । उनी समाजकल्याण परिषद्का सदस्य सचिव पनि भएका थिए ।

उनका शुक्रबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ