२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद


काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवको जिम्मेवारी डा. प्रमोद जोशीले पाएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई ४ वर्षका लागि परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।

उनी यसअघि गेटा मेडिकल कलेज अस्पताल गेटाका निमित्त निर्देशक रहेका थिए । डा. जोशी नेपाल मेडिकल एसोसिएसनका कोषाध्यक्षसमेत हुन् ।

यसअघि उनी राष्ट्रिय ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेण्डेन्ट रहेका थिए । डा. जोशी नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् ।

२६ माघमा निवर्तमान सदस्य सचिव डा. प्रदीप ज्ञवालीको ४ वर्षे कार्यकाल सकिएसँगै परिषदको सदस्य सचिवको पद खाली रहेको थियो । परिषदको सदस्य सचिव कार्यकारी प्रमुख रहने व्यवस्था रहेको छ ।

सदस्य सचिवको नियुक्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ