२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस

नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिस देव सिफारिस


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा सतिसकुमार देवको नाम सिफारिस गरेको छ ।

८ फागुनमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरी डा. देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्तिका लागि पठाइएको मन्त्रालय स्रोतले हेल्थआवाजलाई जानकारी दियो ।

‘माननीय मन्त्रीस्तरीय निर्णय भएर डा. देवको नाम नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारका लागि मन्त्रिपरिषदमा सिफारिस भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘सम्भवतः अबको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ला ।’

पूर्व काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए ।

उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ