२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसरी चोरियो परोपकार प्रसुति गृहबाट २२ दिनको शिशु

यसरी चोरियो परोपकार प्रसुति गृहबाट २२ दिनको शिशु


काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट २२ दिनको शिशु हराएको छ । शुक्रबार साढे १२ बजेतिर ओपीडीमा जाँचका लागि पुगेकी काभ्रेकी एक महिलाको शिशु हराएको हो ।

अस्पताल स्रोतकाअनुसार बच्चालाई जण्डिस भएपछि फ्लोअपमा आएकी ती महिलाको २२ दिनको शिशु हराएको हो । ‘शिशुका अभिभावक दुई जनामध्ये एक जना टिकट काट्न थाल्नुभएछ । अर्को एक जना शिशु समाइरहेका बेला मलाई शिशु दिनुहोस् टिकट काट्न सजिलो हुन्छ भनेर एक महिलाले मागिछन्,’ अस्पताल स्रोतले भने, ‘उहाँले अर्कोतिर फर्केका बेला त्यहाँबाट हिडि सकिछन् ।’

शिशु हराएपछि काठमाडौं प्रहरी परिसरमा शिशुका आफन्तले उजुरी दिएका छन् । अहिले प्रहरीले घटनामाथि अनुसन्धान गरिरहेको छ ।

प्रहरीकाअनुसार अस्पतालको सिसिटीभी फुटेजमा मास्क लगाएकी एक कालो महिला शिशु च्यापेर हिड्दैं गरेको देखिएको छ ।

शिशु लिएर हिडेकी ती महिला अस्पतालको गेटबाहिर पुगेपछि बाइक चढेर गएको पनि सिसिटीभीमा देखिएको छ । अहिले प्रहरीले घटनामाथि थप अनुसन्धान जारी राखेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ