२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे दोस्रो सफल कलेजो प्रत्यारोपण

१६ दिनमा आइतबार कलेजो प्रत्यारोपण गरिएका बिरामी डिस्चार्ज


काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्कसहरुको टिमले नै दोस्रो सफल कलेजो प्रत्यारोपण गरेको छ । २६ माघमा कलेजो प्रत्यारोपण सर्जन डा. रमेशसिंह भण्डारी नेतृत्वको नेपाली चिकित्सकहरुको टिमले आत्मनिर्भर रुपमा दोस्रो सफल कलेजो प्रत्यारोपण गरेको हो ।

चितवनका ३३ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए । ती पुरुषलाई उनकी २८ वर्षीया श्रीमतीले कलेजो दान गरेकी थिइन् । १६ दिनपछि ती बिरामी आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

‘१६ दिनपछि उहाँ आज डिस्चार्ज हुनुभएको छ,’ डा. भण्डारीले हेल्थआवाजसँग भने, ‘अब त्रिवि शिक्षण अस्पताल कलेजो प्रत्यारोपणमा आत्मनिर्भर हुने बाटोमा अगाडि बढयो ।’ उनले नेपाली चिकित्सकहरुकै टोलीद्वारा दोस्रो कलेजो प्रत्यारोपण गरिएपछि अब यसले आफूहरुको टिममा आत्मविश्वास भरेको अनुभव सुनाए ।

एक महिनाको अन्तरालमा त्रिवि शिक्षण अस्पतालका नेपाली चिकित्सकहरुले दुई वटा कलेजो आत्मनिर्भर रुपमा प्रत्यारोपण गरेका छन् । यसअघि २७ पुसमा त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नेपालमै पहिलो पटक नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।

त्यसअघि नेपालमा हुने कलेजो प्रत्यारोपणमा विदेशी चिकित्सकहरुको सहायता लिदैं आइएको थियो । तर, २७ पुसमा नेपाली चिकित्सकहरुकै टोलीले पहिलो सफल कलेजो प्रत्यारोपण गरेपछि लगतै त्रिविकै टिमले दोस्रो कलेजो प्रत्यारोपण गरेको हो ।

समग्रमा यो त्रिवि शिक्षण अस्पतालमा भएको १२ सफल कलेजो प्रत्यारोपण हो भने नेपाली चिकित्सकहरुकै टिमले गरेको दोस्रो ।

१७ जेठ २०७६ मा त्रिविले पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । त्रिवि शिक्षणको प्रत्यारोपण टिमले २९ फागुन २०७७ मा नेपालमै पहिलो पटक ११ महिनाको बालकमा समेत कलेजो प्रत्यारोपण गरिसकेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा पहिलो पटक त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सककै टिमद्धारा कलेजो प्रत्यारोपण


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ