२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो १७–१९ फागुनमा

सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो १७–१९ फागुनमा


काठमाडौं–सातौ नेपाल मेडिकल तथा ल्याब एक्सपो आगामी १७ देखि १९ फागुनसम्म संचालन हुने भएको छ । एचडी मिडिया, इइपीसी भारत र केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसन)को संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सो एक्स्पो संचालन हुन लागेको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक संस्थाले विभिन्न ६ देशका ३ सय स्टल राखिने जानकारी दिएको छ । सो एक्स्पोमा स्वास्थ्य उपचारका लागि आवश्यक नयाँ प्रविधी, आविष्कार र उत्पादनहरुको प्रदर्शनी हुनेछ ।

‘हेल्थ केयर, फर्मास्युटिकल्स तथा रिसर्च सेन्टरले प्रयोग गर्दै आइरहेका सामाग्रीहरुको प्रदर्शन गरिनेछ । यसले खरिदकर्तालाई नयाँ उत्पादन बारेमा बुझ्न मौका मिल्नेछ,’ आयोजक संस्था केमसनका अध्यक्ष भक्त हमालले भने, ‘व्यापार प्रवद्र्धनमा पनि सघाउने छ र देशको मेडिकल क्षेत्रले नयाँ नयाँ टेक्नोलोजीबारे जान्ने अवसर पाउने छ ।’

गत वर्ष भएको छैटांै संस्करणपछि पाएको सकारात्मक प्रतिक्रियाले सातौं एक्स्पोका लागि सहयोग पुगेको उनले बताए ।

एसडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले अघिल्ला संस्करणभन्दा यो संस्करण फरक हुने भन्दै विभिन्न मूल्यका नवीन उपकरण तथा सामाग्रीहरुको बारेमा देशभरका ग्राहकहरुको माग सम्बोधनका लागि प्रयास गर्ने बताए । उनले एक्स्पोबाट साना तथा ठूला कम्पनीहरुलाई एक अर्कासँग परिचय तथा सम्वन्ध बढाउँदै आफ्ना सिर्जनाहरुलाई परिचित गराउने सुनौलो अवसर दिने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ