२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदार्चुला अस्पतालकी अननी बबितालाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

दार्चुला अस्पतालकी अननी बबितालाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार


काठमाडौं—उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट छैटौ तहकी अस्पताल नर्सिङ निरीक्षक (अननी)* बबिता विष्ट सम्मानित भएकी छन् । मंगलबार स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले दार्चुला जिल्ला अस्पतालमा कार्यरत विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेका हुन् ।

यो पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । वि.सं. २०७६ सालदेखि दार्चुला अस्पतालमा कार्यरत उनी त्यसअघि महाकाली अस्पतालमा कार्यरत थिइन् ।

स्वास्थ्य सेवा पुरस्कारबाट कालिकोटमा कार्यरत छैटौं तहका सिअहेब दीर्घबहादुर नेपाली, २४ वर्षदेखि सुर्खेत अस्पतालमा कार्यरत गाइनोकोलोजिष्ट डा. केशरबहादुर ढकाल, छैटौं तहकी फार्मेसी निरिक्षक सुष्मा थपलिया र बारामा कार्यरत पाँचौ तहकी सिअनमी किरणकुमारी सम्मानित भएका छन् । स्वास्थ्य सेवा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।

स्वास्थ्य मन्त्रालयले यस पटक ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवाः निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ स्वास्थ्य सेवा दिवस मनाइरहेको छ ।

*(यसअघि अनमी हुन गएकोमा सच्चाइएको छ । —सम्पादक)


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ