२०८३ असोज १३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुख

प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुख


काठमाडौं—वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रा.डा. रमेश सिंह सिल्भरलाइन अस्पतालको अर्थोपेडिक्स विभाग प्रमुखमा नियुक्त भएका छन् । मंगलबार सिल्भरलाइन अस्पताल डा. सिंहले अस्पतालको अर्थोपेडिक्स विभागको प्रमुखका रुपमा विभागीय नेतृत्व लिएको जनाएको छ ।

झण्डै २८ वर्ष नेपाल मेडिकल कलेज अत्तरखेलमा रहेर उनले बिरामीको सेवा तथा विद्यार्थीलाई प्राध्यापन गरेका थिए । यो बीचमा उनले नेपाल मेडिकल कलेजको प्रिन्सिपलको भूमिकामा रहेर पनि काम गरे ।

व्यवस्थापनसँग कुरा नमिलेपछि केही समयअघि मात्रै उनले नेपाल मेडिकल कलेज छाडेका थिए । लामो अनुभव भएका डा. सिंहको अर्थोमा राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा नाम छ ।

सर्लाहीको डुमरियाका डा. सिंह कलकत्ताबाट एमबीबीएस र पाकिस्तानबाट एमडी गरेका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ