२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रतिजैविक प्रतिरोध कार्ययोजना स्वीकृत

प्रतिजैविक प्रतिरोध कार्ययोजना स्वीकृत


काठमाडौं—सरकारले प्रतिजैविक प्रतिरोध (एन्टीमाइक्रोबियल रेजिस्टेन्स) राष्ट्रिय कार्ययोजना स्वीकृत गरेको छ । १४ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सो कार्ययोजना पास गरेको हो ।

यो कार्ययोजना पास भएसँगै प्रतिजैविक प्रतिरोध सम्बन्धी नियमको बाटो खुलेको हो । कार्ययोजनामा प्रतिजैविक औषधिको जथाभावी प्रयोगलाई नियन्त्रणलाई प्रमुख ध्येय मानिएको छ ।

पछिल्लो समय जथाभावी एन्टीबायोटिकको प्रयोगले महामारीको रुप लिएको भन्दै विज्ञहरु चिन्तित हुँदै आएका छन् ।

नेपालमा पनि चिकित्सकको सल्लाह बिना नै प्रतिजैविक औषधि सेवन गर्ने, पशुपंक्षीमा असुरक्षित तरिकाले प्रयोग गर्ने क्रम चलेको छ ।

कार्ययोजनाले अब त्यसरी जथाभावी प्रयोग हुने प्रतिजैविक औषधि प्रयोगको क्रमलाई नियन्त्रण गर्न सहज हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर मापन शाखाका प्रमुख डा. मदन उपाध्यायले बताए ।

‘बढ्दो असुरक्षित प्रतिजैविक औषधिको प्रयोगलाई नियन्त्रण गर्न कार्ययोजना तय भएको छ,’ उनले भने, ‘यसले विभिन्न सेक्टरसँग समन्वय गरेर काम गर्ने आधार तयार गरेको छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ