२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबाल चिकित्सा नर्स सप्ताह सुरु

बाल चिकित्सा नर्स सप्ताह सुरु


काठमाडौं—बाल चिकिमत्सा नर्स सप्ताह सुरु भएको छ । बुधबारबाट ‘बाल चिकित्सा नर्सहरुको आवाजः बाल शोषण रोक्नुहोस्’ भन्ने नाराका यो सप्ताह सुरु भएको हो ।

नेपालमा वि.सं. २०७५ देखि बाल तथा किशोर—किशोरीको स्वास्थ्य तथा सर्वाङ्गण वृद्धि र विकासको साथै यस क्षेत्रमा काम गर्ने नर्सहरुको पेशागत हकहितको वकालत गर्न यो दिवस मनाइदैं आएको बाल चिकित्सा नर्स संघ नेपालकी अध्यक्ष अप्सरा पाण्डेले जानकारी दिइन् ।

१६ फागुनबाट २२ फागुनसम्म देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइनेछ । संघले १६ फागुनमा सामाजिक संजालमा बाल शोषण रोक्नुस् भन्ने सन्देशात्मक अभियान गरेको छ ।

बिहीबारबाट देशका विभिन्न अस्पतालमा सचेतनाका कार्यक्रमहरु गर्ने र अन्तिम दिन २२ फागुनमा कान्ति बाल अस्पतालमा संघको वार्षिक साधरणसभा तथा वार्षिक दिवस समारोह गरी समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले बताइन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ