२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारश्रीलंकामा बढ्यो अप्रत्यासित प्रदुषण, अनुसान्धान गर्न डब्लुएचओलाई कोलम्बोको पत्र

श्रीलंकामा बढ्यो अप्रत्यासित प्रदुषण, अनुसान्धान गर्न डब्लुएचओलाई कोलम्बोको पत्र


कोलम्बो–श्रीलंकाको राजधानी कोलम्बोलगायतका देशका केही भागमा अनपेक्षित ढंगले वायु प्रदुषण बढ्ेको छ । भारतको राजधानी नयाँ दिल्लीलगायत केही सहरमा प्रदुषणले हद नाघिरहेका बेला श्रीलंकामा पनि यस्तो समस्या देखिएको हो । वायु प्रदुषणका कारण पछिल्लो समयमा दक्षिण एशियाली मुलुक भारत, पाकिस्तान, वंगलादेश, श्रीलंका र काठमाडौ प्रभावित छन् ।

अप्रत्यासित ढंगले पदुषण बढेपछि त्यसको कारण पत्ता लगाउन श्रीलंकाको केन्द्रीय वातावरण प्राधिकरणले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई औपचारिक अनुरोध नै गरेको छ ।

वायुमा अत्यधिक धुलोका कण देखिएपछि प्राधिकरणले एक पत्र पठाएर मौसम विज्ञान विभाग र डब्लुएचओलाई औपचारिक अनुरोध गरेको प्राधिकरणका उप–महानिर्देशक के एचएम आराच्चीले जानकारी दिए ।

बुधबार श्रीलङ्काको वायुको गुणस्तर मापदण्डभन्दा धेरै माथि अर्थात ११२ अङ्कमा पुगेको राष्ट्रिय भवन तथा अनुसन्धान संगठन (एनबिआरओ)ले देखाएको थियो ।

तर, स्थानीय सञ्चारमाध्यमले एनबिआरओ स्रोतलाई उदृत गर्दै मुलुकका अधिकांश भागमा बायुको गुणस्तर सो भन्दा माथि पुगेको विवरण सार्बजनिक गरेका थिए ।

नयाँ दिल्लीमा बढेको वायु प्रदुषणको प्रभाब श्रीलङ्कामा परेको हुनसक्ने भएपनि एक्कासी देखिएको प्रदुषण अनुसन्धानको बिषय भएको सरकारले डब्लुएचओलाई पठाएको पत्रमा उल्लेख छ ।

पछिल्लो समयमा दक्षिण एशियाली मुलुकहरु प्रदुषणको चपेटमा परेका छन् । दक्षिण एशियाका प्रदुषित राजधान अग्र स्थानमा आउछ । भारतबाहेक छिमेकी वंगलादेश र पाकिस्तानमा पनि प्रदुषण बढेको छ । भारतमा कृषकहरुले बालेको धुवा पाकिस्तानसम्म पुगेको विज्ञहरुले अनुमान गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ