२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्वोच्चद्धारा विपीका रजिष्ट्रारलाई आर्थिक तथा प्रशासनिक अधिकार दिन अस्वीकार

सर्वोच्चद्धारा विपीका रजिष्ट्रारलाई आर्थिक तथा प्रशासनिक अधिकार दिन अस्वीकार


काठमाडौं–सर्वोच्च अदालतले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सुर्यप्रसाद संग्रौलालाई प्रतिष्ठानको आर्थिक तथा प्रशाशनिक अधिकार दिन अस्वीकार गरेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीसद्वय डा. आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने फैसला सुनाएको हो ।

प्रा.डा. संग्रौलाले प्रतिष्ठानका निवर्तमान कायम मुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीले आफ्नो प्रशासनिक र आर्थिक अधिकार खोसेको भन्दै सो विरुद्धमा अन्तरिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

यसअघि प्रतिष्ठानमा निवर्तमान भिसी डा. कार्की र रजिष्ट्रार डा. संग्रौलाबीच कर्मचारी बढुवा प्रक्रियालाई लिएर बढेको द्वन्द्वमा कामु भिसी डा. कार्कीले डा. संग्रौलालाई प्रत्यायोजन गरेको आर्थिक तथा प्रशासनिक अधिकार फिर्ता गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ