२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिश देवले गरे पदबहाली

काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिश देवले गरे पदबहाली


काठमाडौं–नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा. सतिशकुमार देवले पदबहाली गरेका छन् । शुक्रबार काउन्सिलको कार्यलय बाँसबारी पुगेर उनले पदबहाली गरेका छन् ।

१४ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. देवलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो । ८ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्टारमा डा देवलाई सिफारिस गरेको थियो ।

काउन्सिलका पूर्व सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए ।

उनी त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ