२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबढ्दो मानसिक स्वास्थ्य समस्याप्रति विज्ञहरू चिन्तित

बढ्दो मानसिक स्वास्थ्य समस्याप्रति विज्ञहरू चिन्तित


काठमाडौं—मानसिक स्वास्थ्य समस्याले समाजमा विकराल रुप लिन थालेको भन्दै सरोकारवाला तथा विज्ञहरूले सरकार तथा नागरिक तहबाट गम्भीर कदम चाल्नुपर्ने औंल्याएका छन् । रोटरी क्लब अफ काठमाडौं र आध्यात्मिक पत्रकार समाजद्वारा मानसिक स्वास्थ्य सचेतनाका लागि आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनीहरूले कानुन र सरकारी रणनीतिमा मानसिक स्वास्थ न्यूनीकरणका लागि आवश्यक थुप्रै प्रावधान भएपनि कार्यान्वयन भने फितलो रहेको बताए ।

पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद डा. तोसिमा कार्कीले एन्जाइटी तथा डिप्रेसनजस्ता मानसिक सवास्थ्य सम्बन्धि समस्याकै कारण दैनिक रूपमा १७ देखि १९ जनासम्मले आत्महत्या गरिएको तथ्यांकले देखाएको बताइन् । सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न नसकेको भन्दै डा. कार्कीले हरेक स्वास्थ सेवा प्रदायक संस्थाले सबै किसिमका उपचार पद्धति अपनाएर एकीकृत उपचार योजनामा जानुपर्नेमा आफूले जोड दिइरहेको जानकारी गराइन् ।

डा. प्रदीप पाण्डेले विश्व स्वास्थ्य संगठनको तथ्यांकले ३५ प्रतिशत वयस्कमा इन्जाइटी देखिएको र हरेक आठ जनामध्ये एक जनालाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेकोे बताए । डा. पाण्डेले यो समस्या भएका ब्यक्तिले समस्या नखोल्ने र खुलेर आफ्ना समस्यामाथि नबोल्ने हुनाले आगामी दिनमा भित्रभित्रै दोस्रो महामारीको रुप लिन सक्ने संकेत गर्दै यसबाट हुन सक्ने ब्यक्तिगत, पारिवारिक र सामाजिक खतरा कम गर्न व्यापक जनचेतना र चर्चाको आवश्यकता रहेकोमा जोड दिए।

आध्यात्मिक वक्ता स्वामी आनन्द अर्हतले वैदिक कालदेखि नै मनोवैज्ञानिक समस्या र मानसिक त्रासको अवस्था कायम भएको स्मरण गराउँदै ध्यान, ज्ञान र आध्यात्मिक वोधबाट नै शान्ति मिल्न सक्ने बताए ।

डा. हर्सना श्रेष्ठले नेपालमा हालसम्म मात्रै ४० जना ूक्लिनिकल साइकोलोजिस्टू रहेको भन्दै मानसिक स्वास्थ्य उपचारका लागि योग्य जनशक्तिको अभाव नै अहिलेको ठूलो समस्या रहेको औंल्याइन् ।

युवा अभियन्ता रन्जू दर्शनाले यो समस्याले ब्यक्ति हुँदै परिवार र सिंगो समाजलाई आक्रमण गर्ने भएकाले कानुन र रणनीतिमा भएका प्रावधानलाई शसक्त रुपले कार्यन्वयन गर्दै शारीरिक तथा मानसिक स्वास्थका समस्याप्रति सामूहिक प्रयत्न गर्न सबैलाई आग्रह गरिन् ।

आयोजक संस्था रोटरी क्ल्ब अफ काठमाडौंका अध्यक्ष किशोर उप्रेतीले स्वस्थ्य समाज निर्माणका लागि मानसिक स्वास्थ सचेतनाका कार्यक्रम अत्यावश्यक देखिएकोले अभियानकै रुपमा संचालन गरिने जानकारी गराए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ