२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसत्ता गठबन्धन भत्कियो, पूर्व स्वास्थ्यमन्त्री गिरी एमालेबाट सरकारमा सहभागी हुने

सत्ता गठबन्धन भत्कियो, पूर्व स्वास्थ्यमन्त्री गिरी एमालेबाट सरकारमा सहभागी हुने


काठमाडौं—नेपाली कांग्रेस—नेकपा माओवादी केन्द्रसहितका दलहरुको सत्ता गठबन्धन भत्किएको छ । सोमबार एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धन सरकार गठन हुने पक्कापक्की भएको हो ।

एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नयाँ सत्ता गठबन्धन बन्न लागेको बताएका छन् । उनले सोमबार नै सानो आकारको मन्त्रिमण्डल गठन हुने दावी गरेका छन् ।

सोमबार विहान बसेको एमाले सचिवालय बैठकले पदम गिरीलाई सुरुमा सरकारमा पठाउने निर्णय गरेको एमाले स्रोतको दावी छ । गिरी यसअघि एमाले—माओवादी गठबन्धन सरकारका स्वास्थ्यमन्त्री हुन् ।

आइतबार रातभर भएका छलफलपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, जसमा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु नयाँ गठबन्धन बनाउने टुंगोमा पुगेका थिए । सोहीअनुसार प्रधानमन्त्री दाहालले सोमबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

उनले शहीद सप्ताहको अवसर पारेर सुखानीका शहीद परिवारसँग पनि आफूले कम्युनिष्ट एकताको नयाँ पहल थालेको भन्दैं नयाँ बन्न लागेको गठबन्धनतर्फ संकेत गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ