२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपहिलो चरणमा तीन जना मन्त्री बन्दैं

पहिलो चरणमा तीन जना मन्त्री बन्दैं


काठमाडौं—नयाँ सत्ता गठबन्धन बनेपछि सुरुमा तीन जना मन्त्री बन्ने भएका छन् । एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डिपी अर्याल मन्त्री बन्नेछन् ।

गिरी पर्वतबाट निर्वाचित सांसद हुने भने तामाङ नुवाकोट—१ बाट निर्वाचित भएका हुन् । डिपी अर्याल भने समानुपातिक सांसद हुन् ।

गिरी यसअघिको एमाले—माओवादी केन्द्र—रास्वपा गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री थिए । अर्याल भने त्यही सरकारमा श्रममन्त्री थिए । तामाङ भने पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहित रास्वपासँग नयाँ गठबन्धन बनाएसँगै नयाँ मन्त्रिपरिषद् बन्न लागेको हो ।

थप शक्ति बाडँफाँडका विषयमा २ बजे बस्ने नयाँ गठबन्धनका साझेदार दलहरुको बैठकले टुंगो लगाउनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ