२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्री हुनेहरुको नाम टुग्याउँदैं दलहरु, को-को बन्दैछन् मन्त्री

मन्त्री हुनेहरुको नाम टुग्याउँदैं दलहरु, को-को बन्दैछन् मन्त्री


काठमाडौं—नयाँ गठबन्धन बनेसँगै दलहरुले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन थालेका छन् । बुधबार दलहरुले मन्त्रालयको भागबण्डा गरेसँगै मन्त्रीका नामहरु टुंग्याउन थालेका हुन् ।

एमालेबाट सरकारको जाने टिमको नेतृत्व उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीका रुपमा रघुवीर महासेठले गर्नेछन् । यस्तै, पदम गिरी, दामोदार भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारीले मन्त्री बन्नेछन् । उनीहरुको मन्त्रालय टुंगो लाग्न बाँकी छ ।

नेकपा माओवादीबाट सरकारमा नारायणकाजी श्रेष्ठले उपप्रधानसहित परराष्ट्रमन्त्रीका रुपमा नेतृत्व गर्नेछन् भने वर्षमान पुनले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन् । शक्ति बस्नेतले र रेखा शर्मा र हितबहादुर तामाङ पनि मन्त्री हुनेछन् ।

रास्वपाबाट रवि लामिछाने गृहमन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री, डिपी अर्याल श्रममन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकूद मन्त्री बन्नेछन् ।

जनता समाजवादी पार्टीले दुई मन्त्रालय पाएपछि उसले सरकारमा जाने मन्त्रीहरुको निश्चित गरिसकेको छैन ।

एकीकृत समाजवादी पार्टी पनि दुई मन्त्रालयसहित सरकारमा सहभागी हुनेछ । उसको सरकारमा सहभागिता र मन्त्री टुंग्याउनका लागि सचिवालय बैठक जारी छ ।

नयाँ मन्त्रीहरुको सपथ साँझ ५ बजेलाई तय भएको बालुवाटार स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ