२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी हुन् दाहाल सरकारका १९ मन्त्री, स्वास्थ्यले अझै पाएन मन्त्री

यी हुन् दाहाल सरकारका १९ मन्त्री, स्वास्थ्यले अझै पाएन मन्त्री


काठमाडौं—नयाँ सत्ता गठबन्धन बनेसँगै गठन भएको नयाँ सरकारमा १९ जना मन्त्रीहरुमध्ये १६ जनाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बुधबार साँझ राष्ट्रपति कार्यलय शितवनिवासमा आयोजित सपथ ग्रहण समारोह उनीहरुले सपथ लिएका हुन् ।

सपथ लिनेहरुमा नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री वर्षमान पुन, उर्जामन्त्री शक्तिबहादुर बस्नेत, संचारमन्त्री रेखा शर्मा र पर्यटनमन्त्री हितबहादुर तामाङ रहेका छन् । उनीहरु माओवादीको कोटामा मन्त्री नियुक्त भएका हुन् ।

८ मन्त्रालय पाएको एमालेबाट उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला, बालबालिका मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई, उधोगमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी साह र भूमी व्यवस्थामन्त्री बलराम अधिकारी सपथ ग्रहण गरेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कोटाबाट उपप्रधान तथा गृहमन्त्री बनेका रवि लामिछाने, श्रम मन्त्री डिपी अर्याल, शिक्षा मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले सपथ ग्रहण गरेका छन् ।

एकीकृत समाजवादी कोटाबाटबाट सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सहरी विकासमन्त्री धनबहादुर बुढाले पनि सपथ लिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या र वन मन्त्रालयले मन्त्री पाउन सकेको छैन । नयाँ सत्ता गठबन्धनको घटक जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने मन्त्रीहरुको नाम नदिएका कारण उसका लागि दुई मन्त्रालय राखिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

मन्त्री बनेका पदम गिरी, डिपी अर्याल र हितबहादुर तामाङको भने सोमबार सपथ भइसकेको थियो । उनीहरुले विनाविभागीय मन्त्रीका रुपमा सपथ लिएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ