२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमन्त्री टुंग्याउन जसपा कार्यकारिणी समिति बैठक जारी, को होला स्वास्थ्यमन्त्री ?

मन्त्री टुंग्याउन जसपा कार्यकारिणी समिति बैठक जारी, को होला स्वास्थ्यमन्त्री ?


काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । बिहीबार विहानैदेखि जारी बैठकले स्वास्थ्य तथा जनसंख्या र वनमन्त्रीको टुंगो लगाउनेछ ।

गठबन्धन सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वन तथा वातावरण मन्त्रालय जसपाको भाग परेको छ । तर, पार्टीभित्र मन्त्री बन्नका लागि आकांक्षीहरु धेरै भएका कारण अहिलेसम्म मन्त्रालय टुंग्याउन सकेको छैन ।

जसमा स्रोतकाअनुसार सरकारमा पाँच जना सांसदहरुले आकांक्षा देखाएका कारण मन्त्रीको निर्णय लिन जसपालाई कठिन भएको छ ।

बुधबार नै पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने कसरतमा रहेका अध्यक्ष यादव पार्टीभित्र सरकारमा सहभागी हुन नहुने मत बलियो बनेपछि झस्केका थिए । जसपाले मधेश सरकारमा आफ्नो पार्टीको मुख्यमन्त्रीको सुनिश्चितता खोजेको छ ।

तर, बुधबार माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी सरकारमा गएसँगै जसपालाई पनि सरकारमा सहभागी हुन दबाब परेको छ । किनभने, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले जसपाबिनै बहुमत जुटाइसकेको छ ।

यसबाहेक जसपा सरकारमा सहभागी नभएको अवस्थामा गठबन्धन दलहरुले जनमतलाई सरकारमा लिनेछन् । त्यसो भएमा जसपाले मधेश सरकारको नेतृत्व समेत गुमाउने छ । जसका कारण जसपालाई सरकारमा सहभागी हुन दबाब परेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ