२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य तथा जनसंख्यामन्त्रीमा उपेन्द्र यादव लगभग निश्चित

स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा उपेन्द्र यादव लगभग निश्चित


काठमाडौं—जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी हुने लगभग निश्चित भएको छ । बिहीबार बसेको जसपा कार्यकारिणी बैठक अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने मोटामोटी सहमति जुटाएको भएपनि अन्तिम निर्णय भने भइसकेको छैन ।

यादवले सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिनेछन् । ‘उहाँ जाने भन्ने कुरा छ । तर, अन्तिम निर्णय भइसकेको छैन,’ जसका प्रवक्ता मनिष सुमनले भने, ‘अब केहीबेरमै हामी आधिकारिक निर्णय गरेर नाम सिफारिस गर्छौ ।’

उपेन्द्र यादवले नै नेतृत्व गर्ने हो भन्ने हेल्थआवाजको प्रश्न सुमनले भने, ‘लगभग उहाँकै नेतृत्वमा जाने विषयमा छलफल चलिरहेको छ । तर, अन्तिम निर्णय हुन बाँकी छ । केहीबेरमै निर्णय गर्छौ ।’

जसपाले अर्को वन मन्त्रालय पाउनेछ । त्यसमा पनि मन्त्री निश्चित नभइसकेको उनले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ