२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजसपा नेता यादवले आजबाट स्वास्थ्य मन्त्रालय सम्हाल्ने

जसपा नेता यादवले आजबाट स्वास्थ्य मन्त्रालय सम्हाल्ने


काठमाडौं—जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले आजबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यभार सम्हाल्ने भएका छन् ।

पछिल्लो गठबन्धन सरकार बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरी जसपा नेता यादवलाई उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री र सोही पार्टीका नेता दिपक कार्कीलाई राज्यमन्त्री नियुक्त गर्दैछन् ।

दुवै नेताले आजै सपथ खाएर मन्त्रालय सम्हाल्ने कार्यक्रम रहेको उनको सचिवालयका अरबिन्दकुमार यादवले जानकारी दिए । ‘आजै सपथ खाएर कार्यभार सम्हाल्ने कार्यक्रम छ,’ यादवले भने ।

नेता यादवले यसअघि पनि उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ