२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री यादवका दुई निर्णयः ऐन समायोजन कार्यदल र शल्यक्रियामा अनलाइन सिष्टम लागु गर्ने

स्वास्थ्यमन्त्री यादवका दुई निर्णयः ऐन समायोजन कार्यदल र शल्यक्रियामा अनलाइन सिष्टम लागु गर्ने


काठमाडौं—नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले पहिलो निर्णयका रुपमा दुई वटा निर्णय गरेका छन् । आइतबार सपथलगतै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका यादवले महत्वपूर्ण दुई निर्णयहरु गरेका हुन् ।

जसमा उनले संघीय निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने निर्णय गरेका छन् । स्वास्थ्य समायोजनमा विविध समस्याहरु रहेका बेला यो कार्यदलले केही सकारात्मक पहलका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यसैगरी, मन्त्री यादवले संघीय अस्पतालहरुमा शल्यक्रियाका लागि सहज बनाउन अनलाइन सिष्टम लागु गर्ने अर्को निर्णय गरेका छन् । अहिले संघीय अस्पतालहरुमा शल्यक्रियाका लागि महिनौ कुर्नुपर्ने बाध्यता सर्वसाधारणले भोगिरहेका छन् ।

अनलाइन सिष्टम लागु भएपछि त्यसले शल्यक्रिया कुनुपर्ने समय कम गर्ने अपेक्षा गरिएको छ ।

पदभारग्रहणपछि संक्षिप्त मन्तव्य राख्दैं स्वास्थ्यमन्त्री यादवदे चार वर्षअघि आफ्नै घरमा फर्केर आएकोजस्तो अनुभूति भएको बताए ।

‘मैले पहिले पनि स्वास्थ्यका नीतिगत सुधारका कामहरुमा ध्यान दिएको थिए,’ उनले भने, ‘पहिलेको भन्दा अहिले अवस्था छ, रोगहरुको प्याटर्न फरक छ । त्यसैअनुसार कामहरु गर्नुपर्नेछ ।’

उनले कर्मचारी प्रशासनबाट आफूले पहिले जसरी नै सहयोगको अपेक्षा गरेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ