२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने

निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा लिए २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने


काठमाडौं—स्वास्थ्य बिमा बोर्डले निजी स्वास्थ्य संस्थाबाट स्वास्थ्य बिमा सेवा लिएमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ । २४ फागुनमा बसेको स्वास्थ्य बिमा बोर्डको बैठकले सहभुक्तानी कार्यविधी संशोधन गर्दै निजी स्वास्थ्य संस्थाबाट बिमा सेवा लिनेहरुले २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।

निजी स्वास्थ्य संस्थामा निःशुल्क लक्षित समूह र आकस्मिक सेवा लिन जानेका हकमा भने यो व्यवस्था लागु हुने छैन । यसअघि सहभुक्तानी कार्यविधीअनुसार बिमितले निजी र सरकारी दुवै स्वास्थ्य संस्थामा १० प्रतिशत कोपेमेन्ट शुल्क तिर्नुपर्ने व्यवस्था लागु गरिएको थियो ।

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले १५ शैय्यासम्मका आधारभूत अस्पतालमा भने सहभुक्तानी व्यवस्था लागु हुने छैन । १५ शैय्यामाथिका सरकारी अस्पतालहरुमा स्वास्थ्य बिमा सेवा लिनेहरुले १० प्रतिशत सहभुक्तानी गर्नुपर्नेछ ।

बैठकले यसअघि ४ वटा साइकलमा हुने स्वास्थ्य बिमालाई ६ वटा साइकल बनाउने, चक्रको अन्तिममा पारिवारिक विवरणहरु परिवर्तन गर्ने, प्रत्येक महिना भर्चुअल बैठक गर्ने, नियमावलीको अनुसूचीमा रहेको जागिरे १ प्रतिशत तलबबाट १ प्रतिशत रोजगादाताले गर्नेमा बढीमा १० हजार रुपैयाँसम्म खर्च भन्ने शब्द हटाइएको छ ।

यस्तै, बोर्डको बैठकले स्वास्थ्य बिमा नियमावलीमा रहेका केही बुँदा संशोधन गर्ने प्रस्ताव नेपाल सरकारमा पठाउने निर्णय गरेको पनि उनले जानकारी दिए । साथै, बैठकले निजी अस्पतालहरु, मेडिकल कलेजहरु, आँखा अस्पताल, राष्ट्रियस्तरका प्रयोगशालाहरु आवश्यकताअनुसार नियमअनुसार बिमामा आवद्ध गर्दै जाने निर्णयसमेत गरेको डा. बसौलाले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ