२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएमाले अध्यक्ष ओलीले भने, ‘मिर्गौला जोगाउन हामी आफै सजग हुनुपर्छ’

एमाले अध्यक्ष ओलीले भने, ‘मिर्गौला जोगाउन हामी आफै सजग हुनुपर्छ’

‘हामी सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौं’


काठमाडौं—नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफै सजग हुनुपर्ने बताएका छन् । बिहीबार विश्व मिर्गौला दिवसका अवसरमा आफ्नो फेसबुक पेजमार्फत ओलीले स्वास्थ्यप्रति सचेत बन्न र मिर्गौला जोगाउन आग्रह गरेका छन् ।

उनले मिर्गौला दिवससँग आफ्नो भावनातमक अनुभूति रहेको उल्लेख गर्दै सानो लापरवाहीले पनि मिर्गौला बिग्रन सक्ने बताएका छन् । ‘आज विश्व मिर्गौला दिवस । मिर्गौला दिवससँग मेरो भावनात्मक अनुभूति छ,’ ओलीले भनेका छन्, ‘किनभने मैले दुई पटक मिर्गौला प्रत्यारोपण गरिसकेको छु। हाम्रो सानो लापर्वाहीले मिर्गौला बिग्रिन सक्छ ।’

ओलीले मिर्गौला बिग्रेपछि जीवन कष्टकर हुने भएकाले पनि आफै सजग हुनुपर्नेमा जोड दिएका छन् ।

‘जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ,’ उनले भनेका छन्, ‘प्रत्यारोपण गर्नु धेरै जटिल काम हो। डाइलासिस् गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ।’

उनले आफू सरकारमा हुँदा डाइलासिस् निःशुल्क गर्ने कार्यक्रम ल्याएका उल्लेख गरेका छन् । ‘मिर्गौला जोगाउन हामी आफैं सजग हुनु पर्छ, डाइलासिस् त अल्पकालीन रोकथाम मात्र हो,’ उनले लेखेका छन्, ‘स्वास्थ्यप्रति सचेत बनौं, मिर्गौला जोगाऔं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ