२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयतिक्यामको कारोबार निरन्तर उकालोमा, एक वर्षमा १ अर्ब ७७ करोड बढीको कारोबार

यतिक्यामको कारोबार निरन्तर उकालोमा, एक वर्षमा १ अर्ब ७७ करोड बढीको कारोबार


काठमाडौं—नेपाली औषधि बजारको अग्रणी डिष्ट्रीब्युटर्स यतिक्यामको कारोबार निरन्तर उकालोमा रहेको छ । कम्पनीको पछिल्ला पाँच वर्षको फाइनान्सियल तथ्यांकअनुसार यतिक्यामको कारोबार निरन्तर बढिरहेको छ ।

यतिक्यामले चालु आर्थिक वर्ष सन् २०२३ मा १ अर्ब ७७ करोड रुपैयाँ बढीको कारोबार गरेको हो । यसअघि उसको कारोबार वृद्धि दर १.२ रहेकामा गत वर्ष भने यतिक्यामको वृद्धि दर १.३ पुगेको छ । यतिक्यामले सन् २०२२ मा १ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो ।

त्यसअघि सन् २०२१ मा १ अर्ब ६० करोड रुपैयाँ, सन् २०२० मा १ अर्ब ४० करोड रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३८ करोड रुपैयाँ बढीको कारोबार गरेको थियो ।

सन् २००१ मा फर्मास्युटिकल्स प्रडक्ट डिस्ट्रीब्युटर्सका रुपमा यतिक्याम स्थापना भएको थियो । यसले क्रोनिक तथा दीर्घ रोगका औषधिहरु वितरण गर्दै आएको छ । जसमा डाइबटिज, क्यान्सर, टिबीलगायतका रोगहरु रहेका छन् ।

यतिक्यामको स्वामित्वमा प्रभुराज वैद्य र पृथ्वीराज वैद्यको समान ५०/५० प्रतिशत साझेदारी रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ