२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रतिष्ठान, परिषद र केन्द्रीय अस्पतालको झण्डै १४ अर्व वेरुजु  (कसको कति ?)

प्रतिष्ठान, परिषद र केन्द्रीय अस्पतालको झण्डै १४ अर्व वेरुजु  (कसको कति ?)


काठमाडाै- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत रहेका ३१ बटा केन्द्रिय अस्पताल, प्रतिष्ठानहरु, केन्द्र र विकास बोर्डको १३ अर्व ९३ करोड ४३ लाख ८४ हजार रुपैया वेरुजु देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले निकालेको सो तथ्यांक अनुसार आर्थिक वर्ष २०७९÷८० सम्मको विवरण हो । जसमा संघ तर्फको मात्र १० अर्व ४७ करोड २४लाख १९ हजार रहेको छ । बाँकी भने प्रदेश र स्थानीय अन्र्तगतको रहेको छ ।

अस्पताल तर्फ सबैभन्दा धेरै वेरुजु स्वास्थ्य विमा बोडको देखिएको छ । जसको वेरुजु २ अर्व ८६ करोड ८१ लाख ९ हजार रहेको छ ।

दोस्रोमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको छ । २०८० असार मसान्त सम्म सो प्रतिष्ठानको नाममा २ अर्व ८२ करोड ९ लाख ६२ हजार रहेको छ ।

विपी पछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको नाममा २ अर्व १६ करोड ३० लाख ६० हजार वेरुजु रहेको छ ।
सबैभन्दा कम बेरुजु रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको छ ।

सो प्रतिष्ठानको २ लाख ९८ हजार मात्र वेरुजु रहेको छ । जसमा पछिल्लो आर्थिक वर्षको मात्र २ लाख ३० हजार देखिएको छ । किटजन्य रोग तथा तालिम केन्द्रको नमाममा पनि ४ लाख २३ हजार मात्र बेरुजु देखिएको छ ।

कम वेरुजु देखिएको अर्को संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद पनि हो सो परिषदको २२ लाख ४१ हजार बेरुजु देखिएको छ । जसमा २० लाख ७ हजार गत आवको वेरुजु हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ