२०८१ असोज १९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारविराटनगरमा स्टाफ नर्सकाे हत्या आशंका

विराटनगरमा स्टाफ नर्सकाे हत्या आशंका


विराटनगर – विराटनगर महानगरपालिका- ४ मा डेरा बस्दै आएकी २२ वर्षीया चन्द्रिकाकुमारी दासकाे हत्या आशंका गरिएकाे छ । भएकाे हाे ।
सिराहाकाे फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर- ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीकाे घरमा डेरा बस्दै आएकी थिइन् । डेरा बसेकाे घरकाे काेठाभित्रकाे शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेकाे हाे। दासकाे घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलाे हतियारले हानेकाे गहिराे चाेट छ ।
उनकाे हत्यापछि शव छाडेर संलग्न व्यक्ति फरार भएकाे पाइएकाे माेरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ