२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहत्या गरेपछि नर्स चन्द्रिका कुमारीको फोटो साथीको ह्वाट्सएपमा

हत्या गरेपछि नर्स चन्द्रिका कुमारीको फोटो साथीको ह्वाट्सएपमा


विराटनगर – हत्या भएको अवस्थामा शुक्रवार शव भेटिएको २२ वर्षीया चन्द्रिका कुमारी दास बसेको घर नोबेल अस्पतालदेखि करिब एक सय मिटर उत्तरमा दुई तलाको रहेको छ । उनी दोस्रो तलाको दक्षिण फर्किएको कोठामा बस्दै आएकी थिइन् ।

दोस्रो फ्लाइटमा चार जना स्टाप नर्स बस्दै आएका छन् । उनीहरू सबै जना नोबेलमा कार्यरत छन् । तीमध्ये चौधरी थरकी एकजना साथीको ह्वाट्सएप रगत लतपतिएको दासको फोटो नयाँ नम्बरबाट आएको छ । ‘मैले हत्या गरेर शौचालयमा छाडिदिएको छु’ भन्दै म्यासेज गरेर फोटोहरु पठाएको पाइएको प्रहरी स्रोतले बतायो । घटनाको अनुसन्धान गरिरहेकाले प्रहरीले कुन नम्बरबाट ह्वाट्सएप गरे भन्ने खुलाएको छैन ।

ह्वाटसएप म्यासेज आएपछि मृतककी साथीले डा. गिरीको घरमा सुरूमा बस्ने साथीलाई सुनाइन् । मुडियारी थरकीले ती साथीले त्यसपछि घरबेटीलाई जानकारी गराएकी थिइन् । घरबेटीले प्रहरीलाई खबर गरे । प्रहरी पुगेर हेर्दा हत्या गरेको अवस्थामा शव भेटिएको छ । घरपटी भने उक्त घरमै बस्दैनन् । डेरा लगाएर बाहिर बस्दै आएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्की घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको बताए । ‘प्रविधि प्रयोग गरेर घटनालाई अर्कोतर्फ मोड्न खोजेको पनि हुनसक्छ । एकातिर देखाएर घटना अर्कैले गरेको समेत हुनसक्छ,’ उनले भने, ‘यस्तो जघन्य अपराधको गम्भीर ढंगले अनुसन्धान हुन्छ। जतिसक्दो चाँडो वास्तविकता पत्ता लगाउँछौं।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ