२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सकले निकाले बिरामीको मलद्धारबाट ८ इन्च लामो स्क्रुड्राइभर

चिकित्सकले निकाले बिरामीको मलद्धारबाट ८ इन्च लामो स्क्रुड्राइभर


अमेरिकामा चिकित्सकहरुले एक व्यक्तिको पेटभित्र घुसाईएको एउटा ठूलो स्क्रुड्राइभर निकालेका छन् । चिकित्सकहरुले फलोरिडाका ४६ वर्षीय पुरुषको मलद्धारबाट सो स्क्रुड्राइभर निकालेका हुन् ।

तल्लो पेट दुखेको भन्दै ती व्यक्ति अस्पताल पुगेका थिए । चिकित्सकहरुले उनको तल्लो पेट छियाछिया भएको र आन्द्राबाट रगत बगेको पत्ता लगाएपछि तत्कालै सिटि स्क्यान गरेका थिए ।

सिटि स्क्यानका क्रममा ती व्यक्तिको पेटमा ८ दशमलब २ इन्च लामो स्क्रुड्राइभर देखिएको थियो । फलामको स्क्रुड्राइभरका कारण उनको एकातिरको हिप संक्रमित भएको थियो । स्क्रुड्राइभर निकाले पनि संक्रमित छाला पनि शल्यक्रिया गरेर फाल्नुपर्ने चिकित्सकहरुले सुझाब दिएका छन् ।

पहिचान नखुलाईएका ती व्यक्ति सो समस्या लिएर अस्पताल जाने पहिलो अमेरिकी भएको चिकित्सकले बताएका छन् । ती व्यक्ति मानसिक समस्याबाट पीडित भएको उनको मेडिकल हिस्ट्रीले देखाएको छ । सिजोफ्रेनियाका बिरामी उनले मलद्धाराबाट स्क्रुड्राइभर छिराएको बताइएको छ ।

उनको शल्यक्तियासम्बन्धि बिबरण एनाल्स अफ मेडिसिन एन्ड सर्जरी नाम पत्रिकामा छापिएको छ । रक्तश्राब बढेको र पेट दुखेको बताएपछि उनलाई आपतकालिन उपचारका लागि अस्पताल लगिएको थियो । पेटमा पसालिएको औजारका कारण उनका आन्द्रहरु क्षतबिच्क्षेद भएको चिकित्सकहरुले बताएका थिए ।

–डेली मेलबाट


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ