२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारललितपुर प्रहरी परिसर र स्टार अस्पतालबीच महिनामा दुई पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता

ललितपुर प्रहरी परिसर र स्टार अस्पतालबीच महिनामा दुई पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता


ललितपुर—सानेपास्थित स्टार अस्पताल र जिल्ला प्रहरी परिसर ललितपुरबीच महिनामा दुई पटक निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्बन्धित सम्झौता भएको छ ।

शनिबार भएको सम्झौतामा ललितपुर प्रहरी परिसर मातहतका प्रहरी कर्मचारी र न्यायिक हिरासतमा रहेका थुनुवाको महिनाको पहिलो र तेस्रो हप्ताको शनिबार निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्बन्धि सम्झौता भएको हो ।

सम्झौताअनुसार स्टार अस्पतालका चिकित्सकहरुले महिनाको दुई पटक ललितपुर प्रहरी परिसरको हाताभित्र प्रहरी र थुनुवाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नेछन् । स्वास्थ्य परीक्षणबाट थप उपचार आवश्यक परेका प्रहरी तथा थुनुवाको उपचार सेवामा पनि स्टार अस्पतालले विशेष छुटको व्यवस्था गर्नेछ ।

जसमा बेड चार्ज, ल्याब टेष्ट, रेडियोलोजी र अन्य सेवामा २५ प्रतिशत छुट दिनेछ भने शल्यक्रिया शुल्कमा १५ प्रतिशत र औषधिमा १० प्रतिशत छुट दिनेछ ।

एक वर्षसम्म लागु हुने उक्त सम्झौतामा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल र स्टार अस्पताल लिमिटेडका अध्यक्ष किशोर महर्जनले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ