२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बिमा कार्यक्रम राष्ट्रिय गौरवको अभियानका रुपमा घोषणा गर्ने गृहकार्य हुँदैंछ : प्रधानमन्त्री

स्वास्थ्य बिमा कार्यक्रम राष्ट्रिय गौरवको अभियानका रुपमा घोषणा गर्ने गृहकार्य हुँदैंछ : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बिमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै स्वास्थ्य बिमा कार्यक्रम राष्ट्रिय गौरवको अभियानको रुपमा घोषणा गर्ने गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीले स्वास्थ्य बिमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवार्य बिमा, आम्दानीअनुसारको प्रिमियमको आधारमा सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधिको अनिवार्य बिमा गर्नेलगायतका कार्यक्रम अगाडि बढाइने बताए ।

‘सबै प्रकारका स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई स्वास्थ्य बिमामार्फत एकीकृत गर्ने र स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्नेलगायतका विषयमा सरकारले गृहकार्य गरिरहेको छ,’ प्रधानमन्त्री दाहालले भने।

नागरिकहरूको स्वास्थ्य उपचारका क्रममा हुने वित्तीय जोखिम कम गर्न स्वास्थ्य बिमा बोर्डमार्फत् सामाजिक स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले हालसम्म ३३ दशमलव २ प्रतिशत घरपरिवार तथा २४ दशमलव ७ प्रतिशत जनसङ्ख्या स्वास्थ्य बिमाको दायरामा आएका र ७५१ पालिकासम्म स्वास्थ्य बिमाको पहुँच पुगेको बताए ।

स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बिमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बिमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै उनले गरिब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ