२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपाँच राजनीतिक दलको साझा संकल्प : सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने

पाँच राजनीतिक दलको साझा संकल्प : सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने

स्वास्थ्य सेवाको गुणस्तर नियमन गर्न 'नेशनल अक्रिडिटेसन अथोरिटी' बनाइने


काठमाडौं—सत्तारुढ गठबन्धनका पाँच राजनीतिक दलहरुले नीतिगत प्राथमिकता र साझा संकल्प सार्वजनिक गरेका छन् । मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्पमा सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउनदेखि खाद्य तथा औषधि नियमन प्राधिकरण बनाउने उल्लेख छ ।

जसमा सबै जनता निरोगी रहने उपायबारे सचेतना अभिवृद्धि गर्ने, सबै पालिकामा आधारभूत स्वास्थ्य सुविधा पुर्‍याउने, स्वास्थ्य बिमा कार्यक्रममार्फत स्वास्थोपचार सहज बनाउने उल्लेख छ ।

यस्तै, सरकारी सामुदायिक, निजी क्षेत्रबाट प्रदान हुने स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चितताका लागि अधिकारसम्पन्न नियमनकारी निकाय राष्ट्रिय प्रत्यायन प्राधिकारण (नेशनल अक्रिडिटेसन अथोरिटी) बनाउने, रोग नियन्त्रण केन्द्र र खाद्य तथा औषधि नियमन प्राधिकरण बनाएर स्वास्थ्य सेवाको नियमन गर्ने संकल्पमा छ ।

भत्ताका रूपमा सुरु गरिएको सामाजिक संरक्षणका कार्यक्रम (जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका हितका कार्यक्रम आदि)लाई रूपान्तरण गर्न स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई समेट्ने गरी सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम (स्वास्थ्य बीमा, सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष आदिले दिइरहेको सेवा) सुदृढ गर्ने संकल्प पनि पाँच सत्तारुढ दलहरुको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ