२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता हुँदैंन : प्रधानमन्त्री

स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता हुँदैंन : प्रधानमन्त्री

अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम गुणस्तरीय जनशक्तिमा उत्पादन जोड दिनुपर्ने भनाइ


काठमाडौं—प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताएका छन् ।

शुक्रबार चिकित्सा शिक्षा आयोगको १३ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।

उत्पादित जनशक्ति र सम्मानजनक रोजगारीबीच तालमेल हुनुपर्नेमा जोड दिँदै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता नहुने स्पष्ट पारे ।

‘गुणस्तरका मापदण्ड परिपालना र कार्यान्वयनमा आयोग क्रियाशील हुनै पर्दछ,’ प्रधानमन्त्री दाहालले भने, ‘दक्ष जनशक्ति उत्पादन वृद्धिका साथै गुणस्तरीय अध्ययन अध्यापनका न्यूनतम मापदण्डहरूको परिपालनसमेत उत्तिकै अनिवार्य र महत्त्वपूर्ण छ ।’

बाहिरी मुलुकहरूबाट नेपालमा चिकित्सा शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि समेत नेपालको चिकित्सा शिक्षा प्रणाली आकर्षणको केन्द्रको रूपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले आयोगबाट प्रस्तुत प्रतिवेदनमा विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जानुले चिकित्सा क्षेत्रमा आकर्षण बढ्दै गएको देखिएको बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ