२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसर्वोच्चद्धारा चार वर्षपछि बीएण्डसीले मेडिकल कलेजको सम्बन्धन पाउने फैसला

सर्वोच्चद्धारा चार वर्षपछि बीएण्डसीले मेडिकल कलेजको सम्बन्धन पाउने फैसला


काठमाडौं-लामो समयदेखि चिकित्सा शिक्षाको सम्बन्धनका रस्साकस्सी परेको झापास्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने फैसला सर्वोच्च अदालतले गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीसद्धय डा. कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले बीएण्डसीले माग गरे बमोजिम रिट जारी गरेका हुन् ।

कलेजका संचालक दुर्गा प्रसाईले चार वर्षअघि सम्बन्धन पाउ भन्दै हालेको रिटमा एक हप्ताको निरन्तर बहसपछि सर्वोच्चले रिट जारी गरेको हो ।

प्रसाईले २१ असार २०७७ मा नेपाल सरकार, काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलगायतका १२ संस्थालाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
४ चैत्रमा अग्राधिकार पाएको रिटले निरन्तर बहसपछि आइतबार सकिएको हो । बहस सकिएलगत्तै न्यायाधीसद्धयले रिट जारी गरेका हुन् ।

चिकित्सा शिक्षा ऐन जारी भएपछि कुनै पनि कलेजले सम्बन्धन पाएका छैनन् । काठमाडौं उपत्यका बाहिर मेडिकल कलेज खोल्न ऐनले नरोकेतापनि डा. गोविन्द केसीको अनसन र चेतावनीका कारण काठमाडौं विश्वविद्यालयले सम्बन्धन दिएपछि चिकित्सा शिक्षा आयोगले रोकेको थियो ।

सर्वोच्चको फैसलासँगै अब बीएनसीले एमबीबीएसलगायतका चिकित्सा शिक्षाका कार्यक्रम संचालन गर्न पाउने बाटो खुलेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ