२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको उपचारका क्रममा निधन

पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको उपचारका क्रममा निधन


काठमाडौं—पूर्व स्वास्थ्य सचिव डा. प्रवीण मिश्रको निधन भएको छ । भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा उपचाररत उनको मंगलबार राति १० बजे निधन भएको उनका आफन्तसमेत रहेका कलेजो रोग विशेषज्ञ डा. अनिल मिश्रले जानकारी दिए ।

महोत्तरी पिपराका डा. मिश्रको ५ मार्चमा म्याक्स अस्पतालमै पित्तनलीको शल्यक्रिया गरिएको थियो । त्यसबाट रिकभर उनी रिकभर भइसकेका थिए ।

डा. अनिलकाअनुसार १३ मार्चमा बाथरुम जाँदा डा. मिश्र लडेका थिए । ‘उहाँ हर्टअट्याक भएर लड्नु भएको रहेछ,’ उनले भने, ‘त्यही दिन हस्पिटल लगेर उपचार सुरु गरियो । त्यही दिन राति दुई बजे डा. मिश्रलाई कार्डियाक एरेष्ट भएको थियो ।

परिवारजनले उनलाई म्याक्समै भर्ना गरेर उपचार गराएका थिए । ‘कार्डियाक एरेष्टका कारण मल्टीपल अग्र्यान फेलियर भएको रहेको छ,’ डा. अनिलले भने, ‘अन्ततः उहाँलाई बचाउन सकिएन ।’ त्यही कारण डा. मिश्रको मंगलबार राति निधन भएको उनले जानकारी दिए ।

डा. मिश्र वि.सं. २०६६ सालमा स्वास्थ्य सचिव भएका थिए । उनले वि.सं. २०७१ साउनसम्म स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।

सरकारी सेवाबाट निवृत्त भएपछि उनी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा आवद्ध भएर राजनीतिमा लागेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ