२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्ण खोप लगाउने बालबालिकाको संख्यामा ७ प्रतिशत गिरावट

पूर्ण खोप लगाउने बालबालिकाको संख्यामा ७ प्रतिशत गिरावट

सुदूरपश्चिममा सबैभन्दा बढी ९१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ७४ प्रतिशत बालबालिकालाई पूर्ण खोप


काठमाडौं—पूर्ण खोप लगाउने बालबालिकाको संख्यामा गिरावट आएको पाइएको छ । स्वास्थ्य सेवा विभागले प्रकाशित गरेको गरेको वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले गिरावट आएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा ९१ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका थिए । तर, आर्थिक वर्ष २०७९/८० मा भने त्यो संख्या घटेर ८४ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा भने ७८ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका थिए ।

बालबालिकामा पूर्ण खोप लगाउने सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि देखिएको छ । सुदूरपश्चिम प्रदेशमा ९१ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएका छन् ।

सुदूरपश्चिमपछि बागमती र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छन् । कर्णाली प्रदेश र मधेश प्रदेशका ८५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएको प्रतिवेदनमा छ ।

गण्डकी प्रदेशका ७५ प्रतिशत बालबालिकाले पूर्ण खोप पाएका छन् । सबैभन्दा कम कोशी प्रदेशका ७४ प्रतिशत बालबालिकाले मात्रै पूर्ण खोप लगाएका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ