२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३४ वर्षीया युवा सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिइन्

३४ वर्षीया युवा सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिइन्


काठमाडौं–धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् । बिहीबार विहान साढे ८ बजे छाउनीस्थित घरमा ३४ वर्षीया युवा सर्जन डा. प्रतिभा मृत अवस्थामा भेटिएको कालिमाटी प्रहरीका प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए ।

‘विहान साढे ८ बजे उहाँले घरमै मृतवस्थामा भेटिएको भन्ने कुरा आएको छ । लगतै श्रीमानले अस्पताल लग्नु भएको रहेछ,’ डिएसपी खड्काले भने, ‘हामीले घटनामाथि थप अनुसन्धान जारी राखेका छौं ।’

डा. प्रतिभाका श्रीमान डा. कविराज भण्डारीले बिहीबार विहान दुःखद् घटना घटेको पुष्टि गरे । ‘आज विहान घरमै दुःखद् घटना घट्न गयो,’ उनले भने ।

धादिङ अस्पतालमा मेसु डा. गगन अधिकारीले डा. प्रतिभा घरायसीका कामका लागि भन्दैं एक हप्ताको विदामा बसेको बेला आफूले उक्त घटना भएको थाहा पाएको जानकारी दिए । ‘उहाँ घरायसी कामका लागि भन्दैं विदामा हुनुहुन्थ्यो । आज विहान घरमै दुःखद् घटना घटेको भन्ने सुने,’ उनले भने । डा. प्रतिभाको बिहीबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको उनले बताए ।

डा. प्रतिभाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालबाट जनरल सर्जरीमा एमडी गरेकी थिइन् । रातो बंगला स्कुल पढेकी उनले काठमाडौं युनिभर्सिटीको सम्बन्धन प्राप्त भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस गरेकी हुन् ।

रातो बंगला पढ्दा नेपालमै ए लेभलमा उत्कृष्ट अंक ल्याएकी डा. प्रतिभाले भारतमा प्रतिष्ठित डा. पारसमणि स्वर्ण पदक पनि हात पारेकी थिइन् ।

भारतको गंगा अस्पतालबाट माइक्रो सर्जरी सम्बन्धि तालिम लिएकी उनी सर्जिकल सोसाइटी नेपालकी सदस्य समेत थिइन् ।

उनी नेपाल सरकारको स्वास्थ्य सेवातर्फकी ९ औं तहकी कर्मचारी हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ