२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ११ जना उच्च अधिकारी सह-सचिवमा बढुवा, को-को भए बढुवा ?

स्वास्थ्यका ११ जना उच्च अधिकारी सह-सचिवमा बढुवा, को-को भए बढुवा ?


काठमाडौं—सरकारले स्वास्थ्य सेवाका ११ जना उच्च अधिकारीलाई सह-सचिवमा बढुवा गरेको छ । १५ चैतमा बसेको क्याबिनेटको बैठकले स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह/उपसमूहका ११ जना स्वास्थ्यकर्मीलाई सह-सचिव (११ औं तह) मा बढुवा गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बढुवा हुनेहरुमा ग्यास्ट्रोइन्टेरोलोजिष्टतर्फ डा. जैनेन्द्रकुमार चौधरी, न्यूरो सर्जनतर्फ डा. निलमकुमार खड्का, अर्थोपेडिक्स सर्जन डा. ओमप्रकाश अर्याल, रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा रहेका छन् ।

यसैगरी, इएनटी सर्जन डा. दिपेन्द्र गौतम र शैलेन्द्र विश्वकर्मा पोखरेल, एनेस्थेसियोलोजिष्ट डा. सुवास रेग्मी, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डित र डा. विनोद सिंह सह-सचिवमा बढुवा भएका छन् ।

यस्तै, नर्सिङतर्फ सरिता कार्की र मन्जु यादव सह-सचिवमा बढुवा भएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ