२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभाग रहेको भवनमा आगलागी

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभाग रहेको भवनमा आगलागी


काठमाडौं–बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभाग रहेको भवनमा आगलागी भएको छ । अस्पतालका निर्देशक डा. प्रकाश साहले आइबार साँझ केही समयअघि अस्पतालको रेडियोलोजी विभाग रहेको भवनमा विद्युतको तार सर्ट भएर आगलागी भएको बताए ।

‘रेडियोलोजी विभाग रहेको भवनमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका छ,’ उनले भने, ‘अहिले भवनभर धुँवा नै धुँवा रहेकाले क्षतिको विवरण प्राप्त भइसकेको छैन् ।’ सिटीस्क्यानको रिपोर्टिङ गर्ने ठाउँबाट आगो सल्किएको उनले बताए ।

डा. साहले भवनमा लागेको आगो भने नियन्त्रणमा आइसकेको जानकारी दिए ।

रेडियोलोजी विभाग रहेको भवनमा सिटी स्क्यान, युएसजी, म्यामोग्राफी, एक्स—रे, लिन्याकलगायतका अस्पतालका महत्वपूर्ण र महंगा उपकरण छन् । तर, उक्त भवनमा बिरामी भने नरहेको उनले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ